बुधबार, असार १०, २०८३

१८० किलो गाँजासहित तीनजना पक्राउ

हरीले जिल्लाको मनहरि गाउँपालिका–७ स्थित सडकखण्डबाट उक्त परिमाणको गाँजासहित हेटौँडाका तीन जनालाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८
National life
Shivam cement

हेटौंडा- मकवानपुर प्रहरीले १८० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले जिल्लाको मनहरि गाउँपालिका–७ स्थित सडकखण्डबाट उक्त परिमाणको गाँजासहित हेटौँडाका तीन जनालाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए। 

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१६ बस्ने २९ वर्षीय बुद्धिमान वाइबा, २९ वर्षीय अर्जुन स्याङतान र ३० वर्षीय विनोद पाख्रिन रहेका छन्। उनीहरुलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरि मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

चैनपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च १६०६ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा लुकाइछिपाई ल्याएको सो परिमाणको गाँजा बरामद भएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए।

प्रकाशित: Mar 13, 2022| 20:48 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।