बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीएसडब्लू अधिवेशनमा भाग लिन महिलामन्त्री अमेरिका प्रस्थान

सीएसडब्लू अधिवेशनमा भाग लिन महिलामन्त्री अमेरिका प्रस्थान

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६६ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी अमेरिका प्रस्थान गरेकी छन्।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

काठमाडौं- महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६६ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी अमेरिका प्रस्थान गरेकी छन्।

National life

मन्त्री रेग्मीसँगै मन्त्रालयका सचिव, सहसचिव, महिला विज्ञ गरी ६ जनाको प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेका हुन्। अधिवेशनमा भाग लिन जाने ८ मध्ये २ जना संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि अमेरिकामै रहेकाले नेपाल बाट ६  जनाको टोली न्यूयोर्क प्रस्थान गरेको मन्त्रालयले जानकारी दिएको छ।

महिलाको स्थितिसम्बन्धी आयोगको ६६औँ अधिवेशन संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कस्थित महासभा हलमा १४ देखि २५ मार्च २०२२ सम्म हुनेछ।

सीएसडब्लुले महिला अधिकारको प्रवर्द्धन गर्न विश्वभरि महिलाको जीवनको वास्तविकतालाई दस्तावेजीकरण गर्न र लैङ्गिक समानता र महिला सशक्तीकरणमा विश्वव्यापी मापदण्ड तयार पार्नमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ।

मन्त्री रेग्मीले लैङ्गिक समानता र महिला सशक्तीकरणमा जलवायु परिवर्तन, वातावरणीय र प्रकोप जोखिम न्यूनीकरण नीति र कार्यक्रमहरूले पारेको प्रभावको बारेमा धारणा प्रस्तुत गर्नेछ। कार्यक्रम सकेर मन्त्री रेग्मी सहितको टोली २१ मार्च २०२२ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रीका प्रेस संयोजक राजकुमार लामाले बताए।

Shivam cement

प्रकाशित: Mar 13, 2022| 21:25 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।