बुधबार, असार १०, २०८३

१८ महिने बालिकाको बलात्कारपछि हत्या! दुई जना पक्राउ

१८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

मोरङ- १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ सुन्दर हरैँचा नगरपालिका-७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन्। आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनामा संलग्न भएको आरोप लागेका दुवैलाई सार्वजनिक गरेको हो।

National life

पक्राउ परेका दुवै जनाले ललाईफकाई नजिकैको झाडीमा लगेर बलात्कार गरेको स्वीकार गरेको मोरङ प्रहरीले दाबी गरेको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरकी बालिकामाथि शुक्रबार दुवै अभियुक्तले बलात्कार गरेका थिए। यसपछि उनीहरू दुवैले बालिकाको टाउकोमा ढुंगा प्रहार गरेका थिए। बालिकालाई गम्भीर घाइते अवस्थामा घर नजिकैको झाडीमा फेला पारिएको थियो। उनीहरूविरुद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ। 

गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा शनिबार मृत्यु भएको थियो।

प्रकाशित: Mar 13, 2022| 15:43 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।