बुधबार, असार १०, २०८३

प्रेस चौतारीको अध्यक्षमा बस्नेत सर्वसम्मत चयन

पोखरामा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट बस्नेतको अध्यक्षतामा १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन भएका हुन्।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

काठमाडौं- प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत चयन भएका छन्। प्रेस चौतारी नेपालको नवौ महाधिवेशनले बस्नेतलाई सर्वसम्मत रुपमा चयन गरेको हो।

National life

पोखरामा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट बस्नेतको अध्यक्षतामा १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन भएका हुन्। यद्यपी, नयाँ नेतृत्वको औपचारिक घोषणा भने हुन बाँकी छ। बस्नेत सात वर्षअघि भएको महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए। 

चौतारीको १७ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा राजेश राई, गणेश पाण्डे, सविन प्रियासन र देविका घर्तीमगर चयन भएका छन्। यस्तै महासचिवमा हिरामान लामा चयन भएका छन्। यसै गरी उपमहाचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी चयन भए।  

कोषाध्यक्षमा ईन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका छन्। 

प्रकाशित: Mar 13, 2022| 09:27 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।