बुधबार, असार १०, २०८३

पाल्पाको खानीछाप वडा भवन निर्माण सम्पन्‍न

३५ लाखका लागतमा वडा भवन निर्माण सम्पन्न भएको भवन निर्माण समितिका संयोजक हीराबहादुर गाहाले जानकारी दिए। बगनासकालीकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले वडा भवनको शुभारम्भ गर्दै बगनासकाली गाउँपालिकाका सबै वडा भवन र स्वास्थ्यचौकी भवन निर्माण गरिएको जनाए।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

पाल्पा- पाल्पाको बगनासकाली गाउँपालिका-४ खानीछापको वडा भवन निर्माण सम्पन्न छ। यस अगाडि सो वडा कार्यालयले विद्यालयको कक्षाकोठाबाट सेवा प्रवाह गर्दै आएको थियो।

National life

३५ लाखका लागतमा वडा भवन निर्माण सम्पन्न भएको भवन निर्माण समितिका संयोजक हीराबहादुर गाहाले जानकारी दिए। बगनासकालीकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले वडा भवनको शुभारम्भ गर्दै बगनासकाली गाउँपालिकाका सबै वडा भवन र स्वास्थ्यचौकी भवन निर्माण गरिएको जनाए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बगनासकालीमा प्रशासनिक सेवामा सुधार आएको सुविधासम्पन्न प्रविधिको प्रयोग गरी सेवालाई जनमैत्री गराएको जानकारी दिए। बगनासकालीका नौ वडामध्ये आधारभूत सेवासुविधाको हकमा पछाडि रहे पनि अहिले शिक्षा, स्वास्थ्य, यातायातका हिसाबले विकासको गति लिन थालेको वडाध्यक्ष हुतमानसिं दर्लामीले बताए।

उनकाअनुसार मोटरबाटो, स्वास्थचौकी भवन, वडा भवन तथा झोलुङे पुलसमेत निर्माण गरी जनताको जीवनस्तर सुधार्न पहल भएको छ।

प्रकाशित: Mar 13, 2022| 10:53 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।