शुक्रबार, साउन २९, २०८३

सिमकोट बजार सरसफाइमा जुटे विदेशी नागरिक

बजार क्षेत्रमा मुख्य चोक, एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र लोकतान्त्रिक चोकलाई घुम्न आएका स्पेनी नागरिक कार्लेस मार्टी सोबिराले सफाइ गरेका हुन्।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

हुम्ला- हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रको विभिन्न चोक तथा ढलको सरसफाइ एक विदेशी नागरिकले गरेका छन्।

बजार क्षेत्रमा मुख्य चोक, एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र लोकतान्त्रिक चोकलाई घुम्न आएका स्पेनी नागरिक कार्लेस मार्टी सोबिराले सफाइ गरेका हुन्।

उनले भने, ‘यति सुन्दर स्थानमा फोहोरले दुर्गन्धित हुँदा नरमाइलो लाग्यो। यसैले सरसफाइमा जुटेको हुँ।’ उनले तीनधारामा ढुंगा किनेर बिछ्याउने कार्य समेत गरेका थिए।

उनले ३ दिन लगाएर सरसफाइ गरे। सफाइ गर्ने औजार पनि उनी आफैंले किनेका थिए। तीनधारामा भने उनलाई ३ जना अन्य स्थानीयले सहयोग गरेका थिए। 

सोबिरालाई हर्कसिंह भण्डारी र खेम निरौलाले पनि सहयोग गरेका थिए। सिमकोट गाउँपालिकाले फोहर व्यवस्थापनका लागि बजेट समेत छुट्याएर कर्मचारीसमेत राखेको छ तर बजार क्षेत्र सधैं दुर्गन्धित देखिन्छ। ढलको पानी बाटोमा बगेर जाँदा दुर्गन्धित बनेको हो।  रासस

प्रकाशित: Mar 13, 2022| 09:45 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।