शुक्रबार, साउन २९, २०८३

कोरियन भाषा परीक्षाको आवेदन चैत १४ देखि खुल्ने

बैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं- कोरियन भाषा परीक्षा (ईपिएस) को लागि आगामी चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता हुने भएको छ। बैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो। 

शाखाका अनुसार २०२२-२०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ छ हजार २१४ हजार र कृषि तथा पशुपालनतर्फ दुई हजार ७४१ श्रमिक लैजाने भएका छन्। एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आबेदन दिन पाउने व्यवस्था छ। जुन क्षेत्रका लागि परीक्षा आवेदन फाराम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यही क्षेत्रमा मात्र रोजगार आबेदन फाराम भर्नुपर्नेछ। कृषि तथा पशुपालन र उत्पादनमा छुट्टाछुट्टै परीक्षा हुने तालिका सार्वजनिक भएको छ।

२०७९ वैशाख २६ देखि जेठ १३ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणको भाषा परीक्षा हुने भएको छ। यस्तै जेठ २४ देखि असार १६ सम्म  दोस्रो चरणको भाषा परीक्षा हुनेछ। 

यसैगरी उत्पादन क्षेत्रको पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म भाषा परीक्षा हुने ईपिएस कार्यालयले जनाएको छ।

यस्तै सिप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि  पहिलो चरणमा वैशाख २६ देखि जेठ १३ तथा दोस्रो चरणमा जेठ २४ देखि असार १६ सम्म मिति तोकिएको छ। 

यस्तै उत्पादन क्षेत्रको सिप परीक्षणका लागि पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म मिति तोकिएको छ। उत्पादन मुलक क्षेत्रमा पढाई र सुनाई गरी १०० पूर्णाङ्कको परीक्षा हुनेछ। जसमा पास हुनका लागि कम्तिमा ५५ अंक ल्याउनुपर्नेछ।  यस्तै कृषि तथा पशुपालन क्षेत्रमा कुल ९० पूर्णाङ्कको परीक्षा हुनेछ जसमा पास हुनका लागि ३६ ल्याउनुपर्नेछ।

परीक्षा शुल्क २४ डलर तोकिएको छ। परीक्षा केन्द्र भने पछि सार्वजनिक गरिने बताइएको छ। काठमाडौंबाट मात्र परीक्षा हुनेछ।

प्रकाशित: Mar 14, 2022| 07:21 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।