शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति भण्डारीद्वारा बौद्ध भिक्षुभिक्षुणीलाई बुद्ध मन्त्रोच्चारणसहित संघदान प्रदान

राष्ट्रपति भण्डारीद्वारा बौद्ध भिक्षुभिक्षुणीलाई बुद्ध मन्त्रोच्चारणसहित संघदान प्रदान

नेपाल बज्रयान महाविहार संघ लुम्बिनीले राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजना गरेको प्रबज्या संवर ग्रहण गरेका भिक्षुभिक्षुणीलाई राष्ट्रपतिद्वारा संघदान प्रदान गरिएको हो ।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्ध भिक्षुभिक्षुणीलाई बुद्ध मन्त्रोच्चारणसहित सङ्घदान प्रदान गरेकी छन्। नेपाल बज्रयान महाविहार संघ लुम्बिनीले राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजना गरेको प्रबज्या संवर ग्रहण गरेका भिक्षुभिक्षुणीलाई राष्ट्रपतिद्वारा संघदान प्रदान गरिएको हो । 

त्यस अवसरमा राष्ट्रपति भण्डारीले मौलिक सभ्यताको संरक्षण र संवद्र्धनका लागि सबैले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताइन्। उनले बौद्ध दर्शनको सांस्कृतिक र आध्यात्मिक परम्पराबाट मौलिकता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

राष्ट्रपति भण्डारीले हरेक धर्मको संरक्षण सम्वर्द्धनमा जोड दिँदै सोका लागि आफूले पनि आवश्यक भूमिका निर्वाह गर्न तयार रहेको बताइन्। नेपालमा विगतदेखि मनाउँदै आइएको नेपाल सम्यक् महादान पर्व पुनः मनाउने मागका सन्दर्भमा आफू सकारात्मक रहेको भन्दै राष्ट्रपति भण्डारीले त्यस सम्बन्धमा आवश्यक निर्णय लिइने बताइन्।

बिहारका चक्रेश्वर प्राध्यापक डा नरेशमान बज्राचार्यले नेपालमा एक हजार ५०० वर्षभन्दा पहिलेदेखि चलिआएका यस्ता परम्परा नासिन नहुने बताउँदै बज्राचार्यले यस्ता सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए। बज्राचार्यले नेपाल सम्यक् महादान पर्व मनाउने परम्परा विगत लामो समयदेखि रोकिएको र सोको पुनः सुरुआत गर्न सरकारको साथ आवश्यक रहेको बताए। 

लुम्बिनीस्थित नवनिर्मित बिहार हालै मात्र राष्ट्रपति भण्डारीद्वारा समुद्घाटन भएको थियो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, बौद्धधर्म गुरुहरु, भिक्षु भिक्षुणीलगायत उपस्थिति रहेको थियो।

प्रकाशित: Mar 13, 2022| 21:50 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।