मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मृतकको जग्गा नामसारी गर्ने वडाध्यक्षसहित मालपोतका सात जना कर्मचारी पक्राउ

मृतकको जग्गा नामसारी गर्ने वडाध्यक्षसहित मालपोतका सात जना कर्मचारी पक्राउ

वडा अध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित सात जनाको टोलीले मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा पक्राउ गरी सार्वजनिक गरेको हो।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

सङ्खुवासभा- सङ्खुवासभाको भोट खोला गाउँपालिकामा जग्गा जालसाजी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायव सुब्बासहित ७ जना पक्राउ परेका छन्।

National life

भोट खोला गाउँपालिका-४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तको नाममा पास गरेको खुलेको छ। वडा अध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित सात जनाको टोलीले मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा पक्राउ गरी सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा वडाध्यक्ष भोटेसहित सोही वडाका सुरेन्द्र तामाङ, कप्पना भोटे, ङिमा लाजुङ भोटे, खाँदबारी–१ का हाल मालपोल कार्यालय खाँदबारीमा कार्यरत महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका-४ घर भाई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपलिकाका पासाङ शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएपी लालध्वज सुवेदीले बताए। पक्राउ परेका वडाध्यक्ष एमालेबाट निर्वाचित भएका थिए।

दलबहादुरको मृत्युपछि उनको जग्गाको हकवाला एक मात्र सन्तान बिममाया तामाङ हुन्। उक्त जग्गा ७५ वर्षीया छोरी विममाया नाममा यही फागुन २ मा नामसारी भएको खुलेको छ। तर, विममायालाई आफ्नो नाममा जग्गा नामसारी भएको कुनै जानकारी दिएन। प्रहरीका अनुसार मृतकको नाममा रहेको जग्गा नामसारी गर्न आवश्यक पर्ने कागजातसहित नागरिकताको प्रतिलिपि, घरबाटो सिफरिस तथा जग्गा नामसारी गर्ने सिफारिस समेत वडा अध्यक्षले भोटेले खाँदबारीमै बसेर तयार पारेका थिए।

प्रहरीका अनुसार उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाईफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ। मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा एक लाख दिएर पास गरेको अनुसन्धानले देखाएको छ।  २७५ कित्ताको जग्गा पासाङ शेर्पाको एकल नाममा र २८० कित्ताको जग्गा कल्पना भोटे र डिमालाजुङ भोटेको नाममा संयुक्त रजिस्ट्रेसन पास गरिएको छ। बिक्री भएको दुई कित्तामध्ये २७५ नम्बरको जग्गा फागुन १६ गते पासाङ शेर्पाको नामबाट कविता पराजुलीको नाममा रजिस्ट्रेसन पास गरिएको छ।

Shivam cement

उक्त जग्गा नामसारी गर्न वडा अध्यक्षले मालपोत कार्यालय खाँदबारीका कर्मचारी महेन्द्रकुमार पराजुलीको सहयोग लिएको पाइयो। योजना अनुसार बिममाया को नाममा  पास गरिएको जग्गा मध्ये कित्ता नं.२८० (११७३५ वर्गमिटर) को जग्गा वडा अध्यक्ष किन्साङकाृ तर्फबाट कल्पना भोटे र सुरेन्द्रको तर्फबाट उनकै श्रीमती ङिमालाजुङ भोटेको नाममा संयुक्त रजिष्ट्रसन पास गरेको खुलेको छ। बिममायाको नाममा रहेको २७५(१८३० वर्गमिटर) को जग्गा पासाङ शेर्पाको नाममा पास गरेका छन्।

पासाङको नाममा रहेको सोही जग्गा पुनः कर्मचारी पराजुलीको श्रीमतीको नाममा फाल्गुन १६ मा नामसारी भएको प्रहरीले जनाएको छ। वडा अध्यक्षले जग्गा पास गरिदिए वापत उक्त जग्गा आफुलाई दिएको पराजुलिएले बयानमा बताएको प्रहरीले जनाएको छ। कागजात लेखापढी गरे वापत अनिषलाई वडा अध्यक्षले नौ हजार रुपैयाँ दिएका थिए। कल्पनाको हकमा रजिष्ट्रसन पास लेखापढी व्यवसायी अनिषको नाममा वारेस पास भएको खुलेको छ।

भोट खोला–२, ४ र ५ का बिभिन्न स्थानमा अपर अरुण जलविधुत् आयोजना (१०६८ मेघावार्ट) निर्माणका लागि अध्ययन भई जग्गा सर्वे तथा जग्गा प्राप्तीको कार्य भइरहेकाले उक्त जग्गा महँगोमा विक्रि हुने लोभले उनिहरुले उक्त जग्गा जालसाजी गरी पास गरेका हुन्।  पक्राउ परेकाहरुलाई ठगी र किर्ते मुद्दा चलाउने प्रहरीले जनाएको छ।  रासस

प्रकाशित: Mar 13, 2022| 08:42 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।