बुधबार, असार १०, २०८३

म्याग्दीको धवलागिरिमा आयुर्वेद स्वास्थ्य शिविर

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा शनिबार शिविर सञ्चालन भएको थियो। एकदिने शिविरबाट ती बिरामीले सेवा लिएका केन्द्रका लेखापाल सुवासचन्द्र पौडेलले जानकारी दिए।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका-३ मुनामा सम्पन्न निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २३५  लाभान्वित भएका छन्। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा शनिबार शिविर सञ्चालन भएको थियो। एकदिने शिविरबाट ती बिरामीले सेवा लिएका केन्द्रका लेखापाल सुवासचन्द्र पौडेलले जानकारी दिए।

National life

स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिइएको उनले बताए। केन्द्रका निमित्त कार्यालय प्रमुख दामोदर शर्मा, आयुर्वेद चिकित्सक सन्देश अधिकारी, वैद्य निरीक्षक प्रेम गौतम, मुना स्वास्थ्यचौकीका प्रमुख अनिषा आचार्यलगायतको टोलीले सेवा दिएको थियो।

मुना, मुदी, लुलाङ र ताकमका बासिन्दाले सेवा लिएका थिए। ग्यास्ट्रिक, गानोगोला, कब्जियत, बाथ, नशा च्यापिएको, बाथ, कमलपित्त, पिना, दम, रक्तचाप, मधुमेह, स्त्रीरोग र नशासम्बन्धी समस्या भएकाले सेवा लिएका थिए।

दुर्गम, ग्रामीण क्षेत्रका सर्वसाधारणलाई स्थानीयस्तरमै सहज र सर्वसुलभ सेवा उपलब्ध गराउने तथा आयुर्वेद उपचारप्रति आकर्षण बढाउने उद्देश्यले शिविरको आयोजना गरिएको हो। धवलागिरि गाउँपालिकाको समन्वयमा आयोति शिविरको वडा नं ३ का अध्यक्ष पुर्म पुनले शुभारम्भ गरेका थिए।  रासस

प्रकाशित: Mar 13, 2022| 10:36 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।