शुक्रबार, साउन २९, २०८३

बैंकिङ कसुरको आरोपमा एक जना पक्राउ

पक्राउपर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३० वर्षीय अनुप पाण्डे रहेको ब्युरोले जनाएको छ। पाण्डेविरुद्ध बैंकिङ अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय दाङमा गेहेन्द्रबहादुर बस्नेतको जाहेरी परेको थियो।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर गरेको आरोपमा काठमाडौंको काँडाघारीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। 

पक्राउपर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३० वर्षीय अनुप पाण्डे रहेको ब्युरोले जनाएको छ। पाण्डेविरुद्ध बैंकिङ अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय दाङमा गेहेन्द्रबहादुर बस्नेतको जाहेरी परेको थियो। 

उक्त मुद्दामा अनुसन्धानका लागि उच्च अदालत तुलसीपुरबाट यही फागुन २५ मा पक्राउ पूर्जी जारी भएकामा खोजतलासका क्रममा आज उनलाई काठमाडौं महानगरपालिका काडाघारीबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

इञ्जिनीयरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालीबाट साइड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका पाण्डेले सानिमा बैंकको आफ्नो खातामा रकम नभएको जानीजानी जाहेरवाला बस्नेतको सवारी साधन प्रयोग गरी भाडाबापतको रकममध्ये एक करोड आठ लाख ५७ हजारको चेक दिएका थिए। 

उक्त चेक नसाटिएपछि बैंकिङ कसुर गरेको आरोपमा प्रहरीमा परेको जाहेरीका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले बस्नेतलाई भाडाबापत एक करोड ४४ लाख १७ हजार दिनुपर्ने जाहेरीमा उल्लेख छ। पाण्डेलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाउने ब्युरोद्वारा आज जारी सूचनामा उल्लेख छ।

प्रकाशित: Mar 12, 2022| 19:40 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।