तनहुँ- वाइसीएल नेपाल व्यास नगर कमिटीले दुवै मिर्गौलाका बिरामी व्यास–१४ की १९ वर्षीया खुश्बु रानाको उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको छ।
उपचारका क्रममा रहेकी उनलाई कमिटीले २ लाख ७ हजार रुपैयाँ विभिन्न व्यक्ति तथा संघसंस्थाबाट संकलन गरी सहयोग गरेको हो।
वाइसीएल केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज ईश्वर बस्याल, गण्डकी प्रदेश सदस्यद्वय बादल आले र एचबी मगर, सदस्य लगायतले खुश्बुका पति कोमबहादुर रानालाई संयुक्तरूपमा शनिवार रकम हस्तान्तरण गरेका हुन्।
आर्थिक अवस्था नाजुक खुश्बुको उपचारका लागि रकम संकलन भएको कमिटीका अध्यक्ष निर्दोष भट्टराईले जानकारी दिए।