बुधबार, असार १०, २०८३

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवी सिंह विजयी

११ सय ८१ मत खसेकोमा सिंहले ९ सय मत गणना गर्दा नै आवश्यक मत प्राप्त गरेपछि उनी विजयी भएका हुन्। उनले अध्यक्षका प्रत्यासी निकोलश पान्डेलाई फराकिलो मत सहित पराजित गरेका छन्।
 |  सोमबार, फागुन ३०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ३०, २०७८

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुन रवि सिंह निर्वाचित भएका छन्। ११ सय ८१ मत खसेकोमा सिंहले ९ सय मत गणना गर्दा नै आवश्यक मत प्राप्त गरेपछि उनी विजयी भएका हुन्। उनले अध्यक्षका प्रत्यासी निकोलश पान्डेलाई फराकिलो मत सहित पराजित गरेका छन्।

National life

नौ सय मत गणना हुदा सिंहले ५६६ मत लिएका छन् भने पाण्डेले जम्मा २७० मत लिएका छन्। अर्का उम्मेद्वार  हुमनाथ कोइरालाले २६ मत मात्रै प्राप्त गरेका छन्। आवश्यक मतको हिसाबले उनी विजयी भइसकेपनि आधिकारिक घोषणा भने गरिएको छैन।

कांग्रेसले आधिकारिक प्यानल नै पाण्डेको पनि उनले आफ्नो टिम घोषणा गरेका थिए। महासंघमा प्रभुत्व राख्ने पूर्व अध्यक्षहरु जयराम लामिछाने, जिपछिरिङ् लामा, कान्छा तामाङ्लगायतले पाण्डेलाई साथ दिएका थिए। उनले  साना व्यवसायीको हितमा आफ्ना काम केन्द्रित भएको कारण पनि आफूलाई सहयोग पुगेको बताएका छन्।

उनलेपछिल्लो पटक संशोधित खरिद नियमावली ठूला व्यवसायीले मात्रै काम अगटेर राख्ने प्रवृत्ति अन्त्य गरेको भन्दै कार्यन्वयनमा दबाब दिन आफ्नो उम्मेदवारी भएको बताएका थिए।

प्रकाशित: Mar 14, 2022| 07:04 सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।