१५ वर्षीया नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोइरी रहेका छन्।
देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन्। रूपन्देही, सैनामैना नगरपालिका-४ लखनपाडास्थित सैनामैना कृषि पशुपंक्षी तथा मत्स्यपालन फर्ममा काम गर्ने एक जना मृत फेला परेका छन्।
कैलालीको चुरे गाउँपालिका-४ मा रहेको ऐतिहासिक राणाकालीन गर्भादरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ। वि.सं. १९८४ मा खड्कशम्सेर जबराले निर्माण गरेको ऐतिहासिक संरचना संरक्षण अभावमा खण्डहरमा परिणत हुँदै गएको छ।
मदिरा सेवन गरेर सुतेका एक पुरुष मृत फेला परेका छन्। कैलालीको भजनी नगरपालिकाका ४० वर्षीय रामबहादुर चौधरी मंगलबार राति मदिरा सेवन गरेर सुतेकोमा बुधबार बिहान मृत फेला परेका हुन्।
संयुक्त राष्ट्र संघले सन् २०२२ लाई अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्षको रुपमा मनाउन गरेको निर्णयानुसार नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले यही चैत ९ र १० गते काठमाडौंमा सो कार्यक्रम...
संघ, प्रदेश, स्थानीय तहबीच समन्वय र अन्तरसम्बन्धका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विषयगत समितिको पहिलो बैठक मंगलबार मन्त्री शशी श्रेष्ठको अध्यक्षतामा बसेको छ।