बिहीबार, साउन २८, २०८३

श्रीमती मृत फेला परेपछि श्रीमान पक्राउ

नेचा सल्यान गाउँपालिका-२ सल्यानकी २५ वर्षीया लिलामाया राई मृत फेला परेकी छन्। बेलुकीको खाना खाएर आफ्नै घरमा श्रीमानसँग सुतेकी लिलामाया बुधबार बिहान मृत फेला परेकी हुन्।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

सोलुखुम्बु- नेचा सल्यान गाउँपालिका-२ सल्यानकी २५ वर्षीया लिलामाया राई मृत फेला परेकी छन्। बेलुकीको खाना खाएर आफ्नै घरमा श्रीमानसँग सुतेकी लिलामाया बुधबार बिहान मृत फेला परेकी हुन्।

खाना खाएरसँगै सुतेकी श्रीमती बुधबार बिहान मृत अवस्थामा रहेको भन्दै उनका श्रीमान गुणराज राईले छिमेकीलाई खबर गरेका थिए। मृतकको शरीरमा चोट देखिएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले घटना संकास्पद रहेको भन्दै उनका श्रीमान ३५ वर्षीय गुणराजलाई नियन्त्रणमा लिइएको बताए। 

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Mar 24, 2022| 07:53 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।