सोमबार, असार ८, २०८३

गृहमन्त्रीले भने- बीओपी स्थापना प्राथमिकतामा छ

नवलपुरको कावासोतीमा बुधबारदेखि सुरु भएको नेपाल आदिवासी जनजाति महासङ्घको १०औँ महाधिवेशनको उद्घाटन शत्रमा उनले भने, 'अहिले भर्खर–भर्खर सरकारले बिओपीको स्थापना गर्दैछ। सीमा सुरक्षाको लागि सुरक्षाकर्मीको उपस्थितिसहित बोर्डर आउट पोष्ट स्थापना गर्दैछ।'
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

नवलपुर- गृहमन्त्री बालकृष्ण खाणले सरकारले सीमा सुरक्षाका लागि ब्रोडर आउट पोष्ट (बिओपी) स्थापनालाई विशेष प्राथमिकता दिएको बताएका छन्। नवलपुरको कावासोतीमा बुधबारदेखि सुरु भएको नेपाल आदिवासी जनजाति महासङ्घको १०औँ महाधिवेशनको उद्घाटन शत्रमा उनले भने, 'अहिले भर्खर–भर्खर सरकारले बिओपीको स्थापना गर्दैछ। सीमा सुरक्षाको लागि सुरक्षाकर्मीको उपस्थितिसहित बोर्डर आउट पोष्ट स्थापना गर्दैछ।'

National life

सीमा सुरक्षाका लागि अझै पनि पूर्वाधार पर्याप्त नरहेको तर्क गर्दै मन्त्री खाँणले सरकारले आवश्यक सङ्ख्यामा बिओपी स्थापना गर्न सरकार लागिरहेको बताए।

नेपालको भूगोलको रक्षा, नेपालको माटोको रक्षा, जलजमिनको रक्षाको लागि आदिवासी जनजाति अहोरात्र खटिएकै कारण सीमाको रक्षा भएको उनले उल्लेख गरे। उनले भने, 'हामी काठमाडौँमा बसेकाले हिमाली र तराई भूभागको सीमाको रक्षा गरेका होइनाँै, त्यही भूभागमा बस्नुभएका आदिवासी जनजाति आमाबुबा दाजुभाइ दिदीबहिनीहरूले गर्नुभएको हो।'

उनले थपे, 'हिमालमा बसेका शेर्पा, राई लिम्बू, तामाङ, मगर गुरुङ थुप्रै आदिवासी जनजाति समुदाय वा तराईका थारु, कुमाल, यादव, पाशी, धोबी होलान वा सीमामा बसेका अन्य नेपाली सीमाको रक्षाका लागि लड्नुभएको छ। राष्ट्रियताको रक्षा भएको छ। तसर्थ हामी सबै नेपालीले एकअर्काको सम्मान गर्नुपर्छ।'

उनले आदिवासी जनजाति महासङ्घमा आबद्ध भएका लोपोन्मुख जातिको प्रवद्र्धन र संरक्षण गर्ने राज्यको दायित्व रहेको बताए। उनले विभिन्न जातीय आयोगका प्रतिवेदनलाई पनि सरकारले सकारात्मकरुपमा लिएर सोहीअनुसार सम्बोधन गर्न प्रतिबद्ध रहेको बताए। 

Shivam cement

महासङ्घले उठाएको संविधान संशोधन गर्ने कुरामा सरकार सकारात्मक रहेकोसमेत गृहमन्त्रीले बताए। उनले भने, 'संविधानसभाले बनाएको संविधानमा केही कमीकमजोरी त होलान त्यसलाई सुधार गर्दै परिवर्तन गर्दै लान्छौँ तर, संविधानमा धेरै राम्रा कुरा पनि छन्।' जनताले नै निर्माण गरेको संविधानलाई सबैले आत्मसात् गर्न जरुरी रहेको बताउँदै उहाँले समयसापेक्ष परिमार्जन गर्दै लान सकिने बताए। 

‘पहिचानसहितको सङ्घीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो आन्दोलन, आदिवासी अधिकारका लागि नवीन सामाजिक सहमतिको पक्षमा १० औँ महाधिवेशन’ भन्ने नाराका साथ सुरु भएको महाधिवेशन बिहीबार सकिने छ। महाधिवेशनमा स्वदेश, विदेशसहितबाट ४२० प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको छ। महाधिवेशनमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन हुने जनाइएको छ। यस विषयमा केही सहमति भइसकेको समेत जनाइएको छ।

महाधिवेशन तीन/तीन वर्षमा हुने प्रावधान भएको भए पनि अहिले पाँच वर्षको अन्तरालमा भएको हो। कोभिड महामारीका कारण महाधिवेशन विद्यानमा तोकिएको भन्दा दुई वर्षपछि भएको हो। महाधिवेशनमा नेपाल आदिवासी जनजातिको आन्दोलन र भावी कार्यदिशाको विषयमा छलफल गर्ने छ। यस्तै विद्यान संशोधनको समेत तयारी गरिएको छ।

प्रकाशित: Mar 23, 2022| 23:00 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।