बिहीबार, साउन २८, २०८३

स्कुल बस र स्कुटरको ठक्करबाट एक जनाको मृत्यु

स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा बिहीबार बिहान एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेको प्रहरीले जनाएको छ।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

पोखरा- स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा बिहीबार बिहान एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेको प्रहरीले जनाएको छ।

दुर्घटना बिहीबार बिहान करिब ६ बजेतिर भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ। किस्मतले चलाइरहेको स्कुटर एक पैदलयात्री महिलालाई ठक्कर दिएर स्कुल बससँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

चाउथेबाट विजयपुरतर्फ आउँदै गरेको ग२२प ००७ नम्बरको स्कुटरले सुरुम ३२ वर्षीय टेकमाया घर्तीलाई ठक्कर दिएको थियो। लगत्तै विपरीत दिशाबाट आइरहेको पोखरा १५, रामबजातस्थित गोल्डेन फ्युचर बोर्डिङ स्कुलको ग१क ९९६ नम्बरको बसमा ठोक्किएको थियो। 

स्कुटर चालक घाइते वाग्लेलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको लेखनाथ सिटी अस्पताल शिशुवामा उपचार भइरहेको छ।

प्रकाशित: Mar 24, 2022| 08:35 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।