दाङ- दाङको पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मुत्यु भएको छ।
पूर्व-पश्चिम राजमार्गमा लु५प ४९८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा लमही नगरपालिका-३ का ३० वर्षीय किसन चौधरीको मुत्यु भएको हो।
उनको लमही अस्पतालमा उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्द रिजालले बताए। मंगलबार राती भालुबाङबाट लमहीतर्फ आउने क्रममा लमही-१ स्थित नर्ती पुल नजिकै मोटरसाइकल दुर्घटनामा परेको थियो।
मोटरसाइकलको पछाडी सवार कपिलवस्तु वुद्धभूमि नगरपालिका-८ का २८ वर्षीय विरेन्द्र यादव घाइते भएका छन्। उनको भैरवा मेडिकल कलेजमा उपचार भइरहेको छ।