बिहीबार, साउन २८, २०८३

कस्तो रहला आजको मौसम?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न र पहाडी भूभागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरिएको छ। 

मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि-मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगाातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रि-मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भूभागमा हावाहुरी मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १५ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २९  दशमलव आठ डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३५ दशमलव चार डिग्री सेल्सियस रहेको छ। 

प्रकाशित: Mar 24, 2022| 08:25 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।