सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पल प्रकरण : तनहुँमा थुनछेक बहस सुरु, शाहको पक्षमा बहस गर्दै १० वकिल

पल प्रकरण : तनहुँमा थुनछेक बहस सुरु, शाहको पक्षमा बहस गर्दै १० वकिल

कलाकार पल शाहविरुद्ध नाबालिग जर्बजस्ती करणी मुद्दामा जिल्ला अदालत तनहुँमा थुनछेक बहस सुरु भएको छ।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- कलाकार पल शाहविरुद्ध नाबालिग जर्बजस्ती करणी मुद्दामा जिल्ला अदालत तनहुँमा थुनछेक बहस सुरु भएको छ। पल र उनका म्यानेजर कृष्ण जोशीको बयान सकाएपछि केही मिनेटअघि बहस सुरु भएको अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। 

National life

कुँवरका अनुसार जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासमा बहस भइरहेको छ। ‘अहिले जाहेरवालाका तर्फबाट तीनजना वकिलहरुले बहस गरिसकेको अवस्था छ, अझै धेरै वकिलहरु छन्, बहस आज सकिँदैन, भोलिचाँही सकिने सम्भावना छ,’ स्रेस्तेदार कुँवरले नेपाल समयसँग भने। 

कुँवरका अनुसार जाहेरवालातर्फबाट ७ जना र प्रतिवादीका तर्फबाट १० जना कानुन व्यवसायीले वकालतनामा दर्ता गराएका छन्। ‘अरु एक–दुई जना थपिन सक्ने सम्भावना पनि छ’, उनले भने। जसको तर्फबाट बहस गर्ने हो, उसबाट वकालतनामा लिएर आउने कानुन व्यवसायीले मात्रै अदालतमा बहस गर्न पाउँछन्। 

थुनछेकको बहसमा दुवै पक्षको बहसपछि अदालतले आदेश जारी गर्नेछ। प्रतिवादी बनाइएका पल र उनका म्यानेजर जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा साधारण तारेखमा छाड्ने आदेश अदालतले गर्न सक्नेछ। 

प्रकाशित: Mar 23, 2022| 15:02 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।