बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले बैठकबाहिर किन कुटाकुटमा उत्रिए पत्रकार? [भिडियोसहित]

एमाले बैठकबाहिर किन कुटाकुटमा उत्रिए पत्रकार? [भिडियोसहित]

बुधबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले बैठक सुरु हुन लागेको थियो।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- बुधबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले बैठक सुरु हुन लागेको थियो। नेताहरू ब्यांक्वेटभित्र प्रवेश गर्ने लगभग सकिन लागेको थियो। यहीबेला ब्यांक्वेट परिसर बाहिर भने दुई पत्रकार कुटाकुटमा नै उत्रिए। 

बाह्रखरीका फोटो पत्रकार हरिश क्षेत्री र हिमालय टेलिभिजनका क्यामेरा पर्सन श्याम थापाबीच भएको उक्त कुटाकुट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

दिउँसो १२ बजेको समयमा उनीहरू कुटाकुटमा उत्रिएका हुन्। हरिश क्षेत्रीले आफूलाई अपशब्द प्रयोग गरेकाले हात हालेको हिमालयका क्यामेरा पर्सन थापाले बताए। तर, क्षेत्रीले भने पहिला थापाले आफूलाई अचानक जथाभावी बोल्दै आक्रमण गरेको बताएका छन्। नेपाल समयसँग संक्षिप्त कुराकानी गर्दै हरिशले भने, 'उनले कुनै भ्रम राखेर मलाई आक्रमण गरेका रहेछन्। पछि हिमालय टिभीको अफिस पुगेर गल्ति भयो भन्दै माफ मागिसकेका छन्।' 

कुटाकुट सुरु हुने बित्तिकै हिमालय टीभीका पत्रकार विनोद थापा छु्ट्ट्याउनका लागि पुगेका थिए। तर उनले दुवैलाई छुट्याउन सकेनन्। अन्तिममा प्रहरीले छुट्याएको थियो।  


प्रकाशित: Mar 23, 2022| 15:33 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।