सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रजातन्त्रवादी प्राध्यापक संघ वाल्मीकिमा दाहाल नेतृत्वको प्यानलै विजयी

प्रजातन्त्रवादी प्राध्यापक संघ वाल्मीकिमा दाहाल नेतृत्वको प्यानलै विजयी

प्रजातन्त्रवादी प्राध्यापक संघ वाल्मीकि क्याम्पस एकाइमा सहप्रा मुरलीधर दाहालको नेतृत्वको ११ सदस्यीय प्यानल नै विजयी भएको छ।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- प्रजातन्त्रवादी प्राध्यापक संघ वाल्मीकि क्याम्पस एकाइमा सहप्रा मुरलीधर दाहालको नेतृत्वको ११ सदस्यीय प्यानल नै विजयी भएको छ। मंगलबार भएको एकाई अधिवेशनमा डा. मुकुन्द लामिछाने नेतृत्वको समूहलाई पराजित गर्दै दाहालको प्यानल नै विजयी भएको हो। 

National life

समितिको उपाध्यक्षमा डा. भवानीशंकर अधिकारी, सचिवमा डा. रामप्रसाद पौडेल, सहसचिवमा शान्तरत्न बज्राचार्य र कोषाध्यक्षमा डा. नारायण निरौला निर्वाचित भएका छन्। 

त्यस्तै, समितिका सदस्यहरुमा डा. ध्रुवप्रसाद भट्टराई,  हीरानन्द तिमल्सिना, रामहरि कोइराला, चिन्तामणि भट्टराई, सुरेशराज पौडेल, नेत्रप्रसाद अधिकारी निर्वाचित भएका छन्। 

यसैगरी, केन्द्रीय महाधिवेशन प्रतिनिधिको पनि चुनाव सम्पन्न भएको छ। जसअन्तर्गत दाहाल पक्षबाट १३ जना निर्वाचित भएका छन्। अच्युत लामिछाने, अर्जुनबाबु दाहाल, उमेशप्रसाद घिमिरे, कृष्ण रिजाल, डा. गणेशप्रसाद घिमिरे, डा. जयन्त आचार्य, डा. धनेश्वर नेपाल, डा.ध्रुवप्रसाद भट्टराई, नारायणप्रसाद बराल, रामहरि कोइराला, रोदना घिमिरे, डा. शान्तिकृष्ण अधिकारी र सीताराम खतिवडा निर्वाचित भएका छन्।

त्यसैगरी, लामिछाने प्यानलबाट चार जना निर्वाचित भएका छन्। जसमा ध्रुव ज्ञवाली, विमला शर्मा, शम्भुराज गौतम र डा. माधव पाण्डे छन्।

Shivam cement

प्रकाशित: Mar 23, 2022| 14:40 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।