सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यातायात व्यवस्था विभागका आधिकारिक सञ्चालकको रुपमा सूचीकृत हुन आह्वान

यातायात व्यवस्था विभागका आधिकारिक सञ्चालकको रुपमा सूचीकृत हुन आह्वान

यातायात व्यवस्था विभागले नेपाल र भारतबीच सवारीसाधन सञ्चालन गर्न चाहने सेवा प्रदायकलाई आधिकारिक सञ्चालकको रुपमा सूचिकृत हुन आह्वान गरेको छ।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- यातायात व्यवस्था विभागले नेपाल र भारतबीच सवारीसाधन सञ्चालन गर्न चाहने सेवा प्रदायकलाई आधिकारिक सञ्चालकको रुपमा सूचिकृत हुन आह्वान गरेको छ। 

National life

विभागले बुधबार एक सूचना जारी गर्दै नेपाल भारतबीच सञ्चालन हुने सेवा प्रदायकलाई नियमन गर्न सूचीकृत गर्न लागिएको जनाएको छ। काठमाडौँ वा देशका अरु शहरबाट भारतका विभिन्न स्थानसम्म १३ रुट निर्धारण गरिएको छ। 

एक देशको आधिकारिक सञ्चालकको लागि दिइएको इजाजत अर्काे देशमा बहु–प्रवेशको लागि एक वर्षसम्म मान्य हुने र बढीमा पाँच वर्षसम्म नबीकरण हुने बताइएको छ। अनुमतिपत्र प्राप्त सवारीसाधनले प्रवेश गर्दा वा बाहिरिँदा आधिकारिक बाटो, अध्यागमन विन्दु र भन्सार केन्द्र प्रयोग गर्नुपर्ने विभागले जनाएको छ। 

ती सवारीसाधनले सवारी दर्ता प्रमाणपत्र, जाँच प्रमाणपत्र, वीमा कागजात, बाटो इजाजतपत्र, प्रदूषण जाँच प्रमाणपत्र, चालक अनुमतिपत्रलगायत कागजात साथमा हुनुपर्ने उल्लेख छ। त्यस्तै, एक देशमा दर्ता भएर सम्झौताअनुसार सञ्चालन अनुमति पाएका सवारीसाधनले अर्काे देशको भू–भागमा स्थानीय यात्रु तथा मालसामान ढुवानी गर्न नपाउने व्यवस्था गरिएको छ।

प्रकाशित: Mar 23, 2022| 22:00 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।