अनुसन्धान गर्दा १८ करोड ५ लाख ६८ हजार विगो बराबरको राजस्व छली गरेको पाइएको उल्लेख गर्दै विभागले विगो असुल गरी शत प्रतिशत जरिवाना तथा कैद सजायको मागदावी गरेको छ।
नेपाली कांग्रेस कास्कीले गठबन्धन नगरी स्थानीय चुनावमा भाग लिने निर्णय गरेकव छ। कांग्रेस कास्कीको आइतबार बसेको बैठकले मित्रवत प्रतिस्पर्धामार्फत चुनावमा जाने निर्णय गरेको हो।
भूकम्पले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो।
नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलको सहभागिता...
प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङस्थलमा पार्क गरिएको विमानभित्र १० हजार ८०० अमेरिकी डलर शनिबार साँझ बरामद गरेको हो।
यो वर्षको लागि सञ्चालन गरिने नवौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आइतबार खुलेको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो)ले आयोजना गर्ने ओलम्यिाडको आवेदन खुलेको आइतबार प्रेस विज्ञप्तिमार्फत् जानकारी दिइएको छ।
हिमालय एयरलाइन्सको उडानद्वारा आइतबार दुबईबाट काठमाण्डौं आगमन भएका मिर्चैया नगरपालिका-२ का सुमन कुमार कापर, दाङको तुल्सीपुर-६ का प्रताप चौधरी र रोल्पाका त्रिवेणी-३ का खिमराज डाँगीलाई पक्राउ गरिएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल...