काठमाडौं- पश्चिमी र स्थानीय वायु सक्रिय रहँदा केही प्रदेशमा पानी पर्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
वाग्मती प्रदेश र प्रदेश-१ का पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
विभागका अनुसार आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।