काठमाडौं- धादिङ र मकवानपुरमा भएको सवारी दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका छन्।
धादिङको थाक्रे गाउँपालिका-७ जुगेँखोला नजिक बा५ख ८४४३ नम्बरको बस र बाग्मती प्रदेश ०१-०२५ च २९६८ नम्बरको कार आपसमा ठोक्किँदा आइतबार दिउँसो पाँच जनाले ज्यान गुमाएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूमध्ये टिचिङ अस्पतालमा दुई जना र ट्रमा सेन्टरमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै मकवानपुरको मनहरी गाउँपालिका-७ लच्कास्थित सडकमा ना६ख ५४९ नम्बरको ट्रकले ना२९प १२६० नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा एक पुरुषको ज्यान गएको छ। उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते एक जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।