मानव जीवनमा शारीरिक सम्बन्ध आवश्यक कुरा हो। उमेर पुगेपछि मानिसले बिहे गर्छन्। तर, मानिसले शारीरिक सम्पर्कबाट पूर्ण सन्तुष्टि प्राप्त गर्नका लागि केही कुरामा ध्यान दिनु आवश्यक हुन्छ।
यौनका विषयमा मानिसहरूको धारणा साँघुरो हुन्छ। तर, यो मानिसलाई चाहिने बेसिक शारीरिक आवश्यकता भएकाले यसमा जसरी समाजमा संकुचित पारिएको छ त्यो आवश्यक छैन।
महिलाहरूले झनै आफ्नो श्रीमान्लाई खुसी पार्नका लागि विभिन्न उपाय अपनाइरहेका हुन्छन्। तर, कतिपय अवस्थामा त्यही कुरा पुरुषका लागि झिजो दायक बनिदिन सक्छ। त्यसैले पुरुषले मन नपराउने कुरामा ध्यान दिनुपर्छ। र, शारीरिक सम्पर्कको समयमा भुलेर पनि ती कुरा गर्नु हुँदैन।
महिलाले शारीरिक सम्पर्कका क्रममा गरिरहेका कुरा र व्यवहारले पुरुषलाई सन्तुष्टि नदिइरहेको पनि हुनसक्छ। त्यसैले यी कुरामा ध्यान दिनुपर्छ।
सन्तुष्टिको नाटक
जो सुकै पुरुष पार्टनरले आफ्नो महिला पार्टनरलाई चरम सुखानुभूति दिन चाहेको हुन्छ। त्यसैका लागि उसले विभिन्न क्रियाकलाप पनि गरिरहेको हुन्छ। तर, कतिपय अवस्थामा महिला पार्टनरले आनन्द लिन नसक्दा नसक्दै पनि आनन्द लिइरहेको नाटक गरिरहेका हुन्छ।
यो कुरासँग पुरुष पार्टनर अनविज्ञ हुन्छ। त्यसैले यस्तो गर्नु हुँदैन। खुलेर आफ्नो पार्टनरसँग आफ्नो कुरा राख्नुपर्छ। कसरी आफू सन्तुष्ट हुनसक्छु भन्ने बारेमा पार्टनरलाई गाइड पनि गर्नुपर्छ।
बेडमा इनर्जी लुकाउनु हुँदैन
प्रत्येक पुरुषले दिनभरको थकानपछि बेडमा केही नयाँपनको महसुस गर्न चाहन्छ। त्यो उसको दिनभरको आकर्षक पल पनि हुनसक्छ। तर, प्रत्येक दिन रिजेक्शन मिल्नु पार्टनरका लागि निराशाजनक हुनसक्छ।
महिलाहरूले पनि पुरै दिन थकानको सामना गर्नुपर्छ।
पुरुषले निकै आग्रह गर्दा पनि इनर्जी लुकाउँदै इन्कार गर्नु सम्बन्धका लागि राम्रो मानिँदैन। यति आलस्यता छाएको भए अर्कै विधि अपनाएर एक्टिभ पनि बन्न सकिन्छ।
सेक्सका लागि बेडरुम मात्र रोज्नु
शारीरिक सम्बन्धका लागि कहिलेकाहीँ बेडरुमभन्दा बाहिर पनि निस्किनु पर्छ। सधैँ एउटै बेडरुम र एउटै पोजिसनले आनन्द नदिन सक्छ।
घरको किचन, बाथरुम, काउन्टर जस्ता ठाउँमा शारीरिक सम्बन्ध राखेर कहिलेकाहीँ फरक आनन्द पनि लिन सकिन्छ। यसले सम्बन्धलाई थप मजबुत बनाउँछ।
धेरै बोल्नु
सेक्सका दौरान प्रत्येक कुराको चर्चा गर्नु आवश्यक हुँदैन। शारीरिक सम्पर्कका क्रममा केही कुरा मात्रै मन पर्छन्। त्यसैले अनावश्यक कुरा गरेर झिजो दायक बनाउनु हुँदैन।
प्रेमिल कुरा गर्नु, केही रमाइला कुरा गर्दा आनन्द हुन्छ। तर, उक्त दौरान घरायसी वा अन्य बाहिरका कुरा गर्दा आनन्द महसुस हुँदैन।
सिक नहुनु
शारीरिक सन्तुष्टिका लागि आफ्नो पार्टनरसँगको गतिमा सामेल हुनुपर्छ। आफ्नो गतिमा काम गर्ने र पार्टनरको गतिलाई बेवास्ता गर्दा दुवैलाई सन्तुष्टि प्राप्त हुँदैन। त्यसैले आफ्नो पार्टनरको गतिसँग तालमेल गर्नुपर्छ।
प्रकाशित: Apr 25, 2022| 23:55 सोमबार, वैशाख १२, २०७९