काठमाडौं- ट्रक र जीप ठोक्किदा बारामा एक जनाको मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिका १६ बालगंगा पुल नजिकै गएराति ट्रक र जीपको ठोक्किदा एक जनाको ज्यान गएको हो।
मृत्यु हुनेमा जिप चालक कलैया उपमहानगरपालिका १५ बकुल्हारका २५ वर्षीय अजय सहनी रहेका प्रहरीले जनाएको छ। उनको घटनास्थलमा नै मृत्यु भएको हो।
यसैबीच, स्याङजामा ट्याक्टरको चक्काले च्यापिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। हरिनास गाँउपालिका-१ भुटियाखोलामा गएराति ट्याक्टरको चक्काले च्यापिँदा हरिनास सालडाँडाका अन्दाजी ६५ वर्षीय बुद्ध भुजेल रहेका प्रहरीले जनाएको छ।
भुटियाखोलाबाट ढुङगा लोड गरी सालडाँडा तर्फजाँदै गरेको ना६त १८१९ नम्बरको ट्याक्टरबाट भुजेल खसेका थिए।