ट्रक र जीप ठोक्किदा बारामा एक जनाको मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिका १६ बालगंगा पुल नजिकै गएराति ट्रक र जीपको ठोक्किदा एक जनाको ज्यान गएको हो।
हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
सरकारले थालेको छानबिन रोक्न माग गर्दै गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमा मंगलबार भएको सुनुवाईका क्रममा निवेदकतर्फको बहस सकिएको छ। निवेदकको बहस सकिएपछि अब बिहीबार सरकारी वकीलको बहस हुनेछ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।