मंगलबार, साउन २६, २०८३

अछाममा दुई समूहबीच झडप हुँदा चार जना घाइते

अछामको ढकारीमा बिहे भोजमा दुई समूहबीच झडप हुँदा चार जना घाइते भएका छन्। विवादपछि भएको झडपमा चक्कु प्रहारबाट चार जना घाइते भएको प्रहरीले जनाएको छ।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

अछाम- अछामको ढकारीमा बिहे भोजमा दुई समूहबीच झडप हुँदा चार जना घाइते भएका छन्। विवादपछि भएको झडपमा चक्कु प्रहारबाट चार जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढा रहेका छन्।

स्थानीय तपेन्द्र बुढालगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ। 

स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहानको भएको थियो। यही अवस्थामा तपेन्द्र बुढाको समूहले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

तपेन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य फरार रहेका छन् ।

चक्कु प्रहार गरी घाइते भएकाहरूको स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।

प्रकाशित: Apr 28, 2022| 09:35 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।