मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक महिलामाथि श्रीमान‍्सहित परिवारकै सदस्यबाट निर्घात कुटपिट

एक महिलामाथि श्रीमान‍्सहित परिवारकै सदस्यबाट निर्घात कुटपिट

सप्तरीमा एक महिलामाथि निर्घात कुटपित भएको छ। रुपनी गाउँपालिका–६ की २७ वर्षीया लक्ष्मीनियाँकुमारी भगतलाई दाइजो नल्याएको भन्दै श्रीमान्, सासू र ससुराले निर्धात कुटपित गरेका हुन्।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- सप्तरीमा एक महिलामाथि निर्घात कुटपित भएको छ। रुपनी गाउँपालिका–६ की २७ वर्षीया लक्ष्मीनियाँकुमारी भगतलाई दाइजो नल्याएको भन्दै श्रीमान्, सासू र ससुराले निर्धात कुटपित गरेका हुन्।

परिवारका सदस्यको कुटपिटबाट गम्भीर घाइते भएकी भगत उपचारका लागि अस्पताल भर्ना भएपछि घटना बाहिरिएको हो। यतिबेला उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ।

भगतको घाँटी, ढाड, पाखुरा, टाउकोलगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ। आइतबार राति साढे ७ बजतिर उनीमाथि कुटपिट भएको बताइएको छ।

तँलाई मारिदिन्छु भन्दै ससुरा शिवदयाल भगत, पति सञ्जीवकुमार भगत, सासू सीतादेवी, जेठानी अञ्जु, नन्द रञ्जु, गाउँकै नाता पर्ने बिणाले कुटपिट गरेको पीडितले बताएकी छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले कुटपिटमा संलग्न लक्ष्मीनियाँका ससुरा शिवदयाललाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको बताएका छन्। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 28, 2022| 09:04 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।