काठमाडौं- एक किशोरीलाई बलात्कार गरेको आरोपमा गुल्मीमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको छत्रकोट गाउँपालिका- ६ का ४३ वर्षीय उमबहादुर नेपाली रहेका छन्। नेपालीले गत फागुन २ गते साझ सोही वडाको दौघास्थित गोठमा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ।
उनीविरुद्ध गत वैशाख १२ गते जाहेरी परेपछि वैशाख १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी माधवराज खरेलले बताउ।
नेपालीलाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको खरेलको भनाइ छ।