शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्ने

आज निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्ने

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले आज निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत  निर्वाचन आयोगले आज निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ।

National life

आयोगले आज साँझ ६ बजे मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने दोस्रो तथा अन्तिम दिन हो। हिजो र आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने आयोगको कार्यतालिका थियो। 

आयोगले वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो। १३ गते साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय ताकिएको थियो। 

त्यस्तै, आयोगको तालिका अनुसार १६ गते (भोलि)साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ। भोलि साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ। १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ।

Shivam cement

प्रकाशित: Apr 28, 2022| 06:40 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।