मंगलबार, साउन २६, २०८३

खैरो हेरोइनसहित एक जना पक्राउ

मोरङको रतुवामाई नगरपालिका–३ बाट खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

विराटनगर-  मोरङको रतुवामाई नगरपालिका–३ बाट खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका-४ का ५३ वर्षीय खड्कप्रसाद सिलवाल रहेका छन्।

भारतबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) लिएर आउँदै गर्दा मोरङको रतुवामाई नगरपालिका–३ बाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनले चलाएको बा७६प ४६९७ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागूऔषध फेला परेको मोरङ प्रहरीका प्रवक्ता प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।

सिलवालको साथमा ६ सय ८८ ग्राम ब्राउन सुगर बरामद भएको छ। डीएसपी श्रेष्ठले पक्राउ परेका सिलवालविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट मंगलबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको बताए।

प्रकाशित: Apr 27, 2022| 09:39 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।