काठमाडौं- शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन्। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै दुई दिन शिक्षण संस्था पनि बन्द हुने भएका हुन्।
शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी बताएका छन्।
सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९:३० बजेदेखि साँझ ४:३० सम्म सञ्चालन हुने उनले बताए। बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने कार्यालय भने बिहान साढे ९ बजे खुल्ने र साँझ साढे ५ बजे बन्द हुनेछन्।
सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ।