शनिबार, असार ६, २०८३

डिजे बजाउने विषयमा झगडा हुँदा एकको मृत्यु

सप्तरीको खडक नगरपालिकाका गाउँलेको कुटपिटबाट बुधबार एक युवकको मृत्यु भएको छ।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

सप्तरी- सप्तरीको खडक नगरपालिकाका गाउँलेको कुटपिटबाट बुधबार एक युवकको मृत्यु भएको छ। खडक–४ पंसेराका रामअशिष पासवानको छोरा २७ वर्षीय सन्तलाल पासवानको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। कुटपिटका आरोपितमध्ये स्थानीय दिलीप चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ। 

National life

घटनाको गम्भीररूपमा अनुसन्धान भइरहेको र फरार अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए। सोमबार राति विवाहमा डिजे बाजा बजाएर नाचेको र जन्तीलाई रोकेका विषयमा दुई पक्षबीच झगडा भएको स्थानीयवासीले बताएका छन्। गाउँलेले झगडा छुटाएपछि पुनः अबेला राति हुल बाँधेर आएका आरोपितले सन्तलाललाई नियन्त्रणमा लिएर कुटपिट गरेको परिवारका सदस्यले बताएका छन्। 

कुटपिटबाट पासवानको शरीरको विभिन्न भागमा चोटपटक लागी गम्भीर घाइते भई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेकामा  चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए। 

आरोपितलाई कडा कारबाही गर्न माग गर्दै गाउँलेले पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमाहा चोकमा  अपराह्न आधा घण्टा चक्काजाम गरेका थिए। मृतकको विराटनगरस्थित कोसी अस्पतालमा आज शव परीक्षण भएको छ। शव गाउँ ल्याउने तयारी भइरहेको मृतकका परिवारका सदस्य छतिशलाल पासवानले बताए। - रासस

प्रकाशित: Apr 28, 2022| 06:29 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।