शनिबार, असार ६, २०८३

सवारी दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

सर्लाहीको बागमतीमा टयांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा उनका छोरा गम्भीर घाइते भएका छन्।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- सर्लाहीको बागमतीमा टयांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा उनका छोरा गम्भीर घाइते भएका छन्।

National life

पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती पुलमा प्रदेश १–०२–००१ ख ८३२५ नम्बरको तेल बोक्ने ट्यांकरले प्रदेश २–०१–००३ प ५७६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीको राजविराज नगरपालिका–१ की ६० वर्षीया प्रमिलादेवी यादवको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते यादवलाई उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै नै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृतक प्रमिलादेवीका छोरा मोटरसाइकल चालक २५ वर्षीय विजय यादव घाइते भएका छन्। उनको वीरगञ्जमै उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

प्रकाशित: Apr 28, 2022| 07:00 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।