शनिबार, असार ६, २०८३

सात घण्टापछि चितवनमा लागेको आगो नियन्त्रणमा

चितवनको भरतपुर महानगरपालिका-३ कमलनगरमा रातिदेखि लागेको आगो सात घण्टापछि नियन्त्रणमा आएको छ। आगलागीबाट ६ वटा पसलमा पूर्ण क्षति पुगेको छ।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- चितवनको भरतपुर महानगरपालिका-३ कमलनगरमा रातिदेखि लागेको आगो सात घण्टापछि नियन्त्रणमा आएको छ। आगलागीबाट ६ वटा पसलमा पूर्ण क्षति पुगेको छ। 

National life

तुलसीराम सापकोटाको चार तले घरको पहिलो तल्लाबाट आगलागी सुरु भएको प्रहरीले जनाएकव छ। बुधबार राति २ बजे लागेको आगो बिहीबार बिहान ७ बजे मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले वडा प्रहरी कार्यालय, नारायणघाट‚ जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरीको टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए।

आगो नियन्त्रण लिन भरतपुर महानगरपालिकाको एक, खैरहनी नगरपालिकाको दुई र नेपाली सेनाको एउटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ।

आगालागीबाट भएको क्षतिको विवरण भने संकलन भइरहेको अधिकारीले बताएका छन्। आगलागीबाट विष्णुप्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक्स, वसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शङ्कर सापकोटाको जुत्ता पसल, वासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको फेन्सी पसलका सरसामान जलेर नष्ट भएको छ।

Shivam cement

प्रकाशित: Apr 28, 2022| 09:16 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।