मंगलबार, साउन २६, २०८३

रसुवामा कांग्रेस उम्मेदवारविरुद्ध उजुरी

स्थानीय तहको निर्वाचनमा रसुवामा एक जना उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी परेको छ।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- स्थानीय तहको निर्वाचनमा रसुवामा एक जना उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी परेको छ। 

जिल्लाको उत्तरगया गाउँपालिका-३ मा कांग्रेसबाट दलित महिला सदस्यकी उम्मेदवार सुनिता सुनुवारविरुद्ध उजुरी परेको उत्तरगया गाउँपालिकाको निर्वाचन अधिकृत मुना अधिकारीले बताइन्।

सुनुवारकी प्रतिस्पर्धी नेकपा एमालेकी दलित सदस्यले उजुरी दिएकी छन्। उम्मेदवारी दर्ताको क्रममा सुनुवारले दलित भएको आधिकारीक पत्र नबुझाएको भन्दै उजुरी दिएको अधिकारीले बताइन्। प्राप्त दाबी विरोधमाथि छानविन गरिने उनले बताएकी छन्।

प्रकाशित: Apr 27, 2022| 11:21 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।