बिहीबार बिहान प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका कार्यालयले पहिलोपटक दमौलीको भोर्लेटार चोकमा सार्वजनिक घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ। महिलाका लागि दुई र पुरुषका लागि दुई गरी चारवटा प्यानसहितको घुम्ती शौचालय सञ्चालमा ल्याएपछि...
महाकाली नदीमाथिको रहेको उक्त पुलको भारतीय सिमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मतका लागि मङ्गलबार साँझदेखि बन्द गरिएको थियो। भारत सरकारले निर्माण गरेको उक्त पुल भारतीय पक्षले नै मर्मत गरेको हो।
केबलकार बिग्रिएपछि चन्द्रगिरि डाँडामा फसेका ४०० जनाको उद्धार गरिएको छ। बुधबार दिउँसो चन्द्रागिरि केबलकार चढेर पारी गएको समयमा केबलकारको टावर नम्बर ४ मा समस्या देखिएपछि केबलकार रोकिएको थियो।
जिल्ला न्यायाधीश प्रमेश पोखरेलको इजलासले सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत शिक्षक बोदे बसाईन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादवलाई तीन महिना कैद र १० हजार रुपैयाँ...
सरकारले विभिन्न २३ जिल्लामा दुई लाख २३ हजार ३३० परिवारलाई गरिबको सूचीमा सूचीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जिल्लाका २ लाख २३ हजार ३३० परिवारलाई गरिब परिवारको सूचीमा...