सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सवारीसाधनमा लेखिएको सायरी र गजल हटाउने ट्राफिक प्रहरीको अभियान

सवारीसाधनमा लेखिएको सायरी र गजल हटाउने ट्राफिक प्रहरीको अभियान

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ र लेखहरूलाई हटाउने अभियान सञ्चालन गरेको छ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ र लेखहरूलाई हटाउने अभियान सञ्चालन गरेको छ। 

National life

सवारीका विभिन्‍न भागमा लेखिएका त्यस्ता सामग्रीले चालकको ध्यान मोडिन गई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले उक्त अभियान थालेको जनाएको छ। 

नेपालको कानूनविपरीत महिला, बालबालिका, सीमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना, कविता, सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न नपाइने भएकाले यसलाई अभियानकै रूपमा सञ्चालनमा ल्याइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

अश्लील लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिकरूपमा खलल पुर्याउने, हिंसा र विकृति बढाउने र सडक सभ्यतामा पनि आँच पुर्‍याउने भएकाले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागिपरेको हो।

सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्‍न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसूचित गरेको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए। उनका अनुसार ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि रोक लगाएको छ।

प्रकाशित: Jul 07, 2022| 22:25 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।