कायरो- सवारी दुर्घटनामा परी इजिप्टमा कम्तीमा ८ जनाको मृत्यु भएको छ। बिहीबार भएको घटनाका कारण अरु ४४ जना घाइते भएको अधिकारीहरूले जनाएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार गराइएको छ। उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको पनि जनाइएको छ।
दक्षिणी इजिप्टमा ट्रक र बस एक आपसमा ठोक्किएर दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्। दुर्घटनामा परेको बसमा ५६ जना यात्रु थिए। उनीहरू सुडानबाट आएका हुन। दुर्घटनामा परेका अधिकांश सुडानका नागरिक नै रहेको जनाइएको छ।
ट्राफिक नियमको कार्यान्वयनमा कमजोरी, बाटोको नराम्रो अवस्था, मर्मत नगरिएका सवारी साधनको प्रयोगलगायतका कारणले इजिप्टका सवारी दुर्घटना धेरै हुने गरेका छन्।