काठमाडौं- बारा कोल्हवी नपा-२ का ४५ वर्षीय शिवराज मैनाली एक सातादेखि बेपत्ता भएका छन्।
उनी गत १७ असारमा बाराको जितपुर सिमरा उमनपा–८ बाट सम्पर्क बिहीन भएका हुन्।
उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बारामा उजुरी गरिएको पारिवारिक स्रोतले जनाएको छ। साता दिन बितिसक्दा पनि शिवराजको खबर पत्ता लाग्न नसकेपछि परिवारका सदस्य पीडामा रहेको मैनालीले बताए।