सोमबार, जेठ ४, २०८३

बालविवाह रोक्न हलेसी तुवाचुङमा किशोरी परिचालन

नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरेको हो।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

खोटाङ- हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुआत गरेको छ। नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरेको हो।

National life

कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई ५५ हजार प्रदान गर्नुभएको छ। 'अब बालविवाह रोक्न विद्यालयहरुमा किशोरीको समूह निर्माण गरिने छ', प्रमुख राईले भने। विद्यालयमा गठन भएका समूहले बालविवाह रोक्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नेछन्।

'पहिला परिवारकै सहमतीमा बालविवाहको चलन थियो, अहिले आफैँ भागेर बालविवाह गर्ने चलन बढिरहेको छ', उनले भने। 

बालविवाह रोक्नका लागि बालिका आफैँ सचेत हुनुपर्ने भएकाले उनीहरुकै नेतृत्वमा कार्यक्रम सुरु गरिएको उनको भनाइ छ। बालविवाह किन गर्न हुँदैन? गर्दा कस्ता समस्या हुन सक्छन्? भन्नेबारे उनीहरु आफैँ सचेत हुन आवश्यक रहेकाले कार्यक्रम अघि बढाइएको नगरप्रमुख राईले बताए। 

च्यास्मिटार माविबाट परीक्षणका रूपमा सुरु गरिएको सो कार्यक्रम प्रभावकारी बनाउँदै अन्य वडा एवं विद्यालयमा विस्तार गर्दै लैजाने नगरपालिकाको योजना छ।

नेपालमा कानुनतः विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ। त्यसैले २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनिन्छ। शारीरिक र मानसिकरूपमा परिपक्व नभई विवाह गर्दा र सन्तान जन्माउँदा विविध समस्या आउने गर्छन्।  -रासस

प्रकाशित: Jul 08, 2022| 08:15 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।