सोमबार, जेठ ४, २०८३

स्थानीय तहबाट निःशुल्क ई-पासपोर्ट भर्ने व्यवस्था

मकवानपुरको १० वटै स्थानीय तहबाट विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) को निःशुल्क रुपमा अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

हेटौंडा- मकवानपुरको १० वटै स्थानीय तहबाट विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) को निःशुल्क रुपमा अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

National life

जिल्ला प्रशासन कार्यालयमा ई-पासपोर्टका लागि अनलाइन फारम भर्नेको भीडभाड बढेको तथा निजीले मनलाग्दी रकम लिएर फारम भरिरहेको गुनासो आएपछि स्थानीय तहको सहयोग र समन्वयमा स्थानीय तहमा ई–पासपोर्टका लागि निःशुल्क फारम भर्ने व्यवस्था मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए।

जिप्रका मकवानपुरमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले जिल्लाको स्थानीय तहबाट निःशुल्क रुपमा ई–पासपोर्टका लागि अनलाइन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउन सकिने बताएका हुन्। उनले जिल्लामा ई –पासपोर्ट को लागि दैनिक ९० र  सातामा ५४० जनाले फारम भर्न सकिने बताउँदै समयमा स्थानीय तहमा कार्यालयमा पुगेर फारम भर्न सकिने जानकारी दिए।

असार २१ गते जिल्लाको १० वटै स्थानीय तहमा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँगको बैठकमा स्थानीय तहमा ई-पासपोर्टका लागि अनलाइन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउनका लागि वातावरण मिलाइएको प्रजिअ पाण्डेले जानकारी दिए। 

पछिल्लो समय जिल्ला प्रशासन कार्यालयमा ई-पासपोर्ट र परिचयपत्र बनाउनेको भीड लागि रहेकाले सो समस्या समाधानका लागि स्थानीय तहबाट ई-पासपोर्टको फारम भर्ने व्यवस्था मिलाइएको बताइएको छ। इन्टरनेटको व्यवस्था भएकाले अब घरबाट फारम भर्न सकिने उनले बताए।

प्रकाशित: Jul 07, 2022| 21:42 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।