सोमबार, जेठ ४, २०८३

शिक्षा र प्रविधिमा जर्मनीले सहकार्य बढाउने

नेपालको शिक्षा, प्रविधि र अन्य अत्यावश्यक क्षेत्रको प्रवर्द्धनका लागि जर्मनी सरकारको सहयोग र सहकार्य वृद्धि हुने भएको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं- नेपालको शिक्षा, प्रविधि र अन्य अत्यावश्यक क्षेत्रको प्रवर्द्धनका लागि जर्मनी सरकारको सहयोग र सहकार्य वृद्धि हुने भएको छ।

National life

एड्भान्स्ड कलेज अफ इञ्जीनियरिङ एण्ड म्यानेजमेन्टले गोथे जेन्ट्रमसँगको सहकार्यमा बिहीबार आयोजना गरेको 'जर्मनीबारे जानकारी' विषयक सत्रमा नेपालस्थित जर्मनी दूतावासका कन्सुलर लउरा लगबेयरले नेपालको शिक्षा, प्रविधि तथा अन्य अत्यावश्यक क्षेत्रमा सहकार्य बढाउने उल्लेख गर्दै इञ्जीनियरिङ क्षेत्रमा शैक्षिक प्रशिक्षण प्रदान गर्ने सही मार्गमा नेपाल रहेको भन्दै खुसी व्यक्त गरे।

'जर्मन भाषाको सिकाइका लागि ठूलो संख्यामा विद्यार्थी उत्साहपूर्ण ढङ्गले समर्पित भएकामा म कृतज्ञ छु', लगबेयरले भने, 'यसबाट विद्यार्थीलाई क्रमशः जर्मनीप्रति नजिक बनाउँदै अन्तर्राष्ट्रिय प्रस्तुतिमा सहभागी हुने कदमको थालनी हुनेछ।

त्यसैले म विद्यार्थीलाई जर्मनीका इञ्जीनियरिङ कलेजसँग जोडिएर आफ्नो सिकाइको क्षितिजलाई फराकिलो बनाउन उत्प्रेरित गर्दछु।'

प्रकाशित: Jul 08, 2022| 08:26 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।