सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल वायुसेवाको कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश

नेपाल वायुसेवाको कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश

नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकको रूपमा कामकाज गर्न रोक लगाउँदै सर्वोच्चले अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा निरन्तरता दिन अल्पकालीन आदेश गरेको हो।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं- नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकको रूपमा कामकाज गर्न रोक लगाउँदै सर्वोच्चले अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा निरन्तरता दिन अल्पकालीन आदेश गरेको हो।

National life

सरकारले २०७८ कात्तिक ११ गते अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा चार वर्षका लागि नियुक्त गरेको थियो। तर, यही असार पहिलो साता सरकारले अधिकारीलाई निलम्बन गरेको थियो। कार्यकारी अध्यक्ष अधिकारी र तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेको सम्बन्ध राम्रो नभएपछि उनलाई हटाइएको थियो। 

आलेले अधिकारीलाई अश्लिल शब्दले गाली गरेको अडियोसमेत सार्वजनिक भएको थियो। अडियो सार्वजनिक भए लगत्तै कर्मचारीको एक समूहले आलेलाई बर्खास्त गर्न माग गर्दै आएको थियो। यद्यपि त्यसअघि नेपाल वायु सेवा निगमका कर्मचारीको अर्को समूहले गत वैशाखमा नै अधिकारीलाई हटाउन माग गर्दै आलेलाई ज्ञापन पत्र बुझाएका थियो।

निगम सञ्चालनका लागि कुनै पनि योजना नभएको, निगमको व्यापार राम्रो हुँदा समेत कर्मचारी सञ्चय कोषमा किस्ता नबुझाएको, निकट भविष्यमा सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक गुरुयोजना नबनाएको आरोप कर्मचारीहरुले अधिकारीमाथि लगाएका थिए। त्यसपछि सरकारले अधिकारीका बारेमा छानबिन गर्न समिति गठन गरेको थियो।

सर्वोच्चले जारी गरेको अल्पकालीन अन्तरिम आदेश २८ गतेसम्मका लागि हो। सर्वोच्च अदालतले उक्त दिन दुवै पक्षलाई छलफलका लागि झिकाएको छ। सोही दिनको छलफलपछि यो आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय हुने

 


छ।


प्रकाशित: Jul 07, 2022| 18:49 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।