सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धर्म, संस्कृति एवं ज्योतिष क्षेत्रमा हुने शास्त्रविरुद्धका काम रोकिने

धर्म, संस्कृति एवं ज्योतिष क्षेत्रमा हुने शास्त्रविरुद्धका काम रोकिने

नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले बिहीबार यहाँ आयोजना गरेको ‘ज्योतिष तथा धर्मशास्त्र सम्बद्ध समसामयिक व्यावहारिक विषयक अन्तर्क्रिया' कार्यक्रममा बेलुकाको लग्‍न दिएका बेला बिहान र बिहानको लग्‍न दिएका बेला बेलुका विवाहलगायत कर्म हुँदा नकारात्मक फल प्राप्त हुने गरेकाले समस्या आउने गरेको जानकारी गराइएको थियो।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं- धर्म, संस्कृति एवं ज्योतिष क्षेत्रमा हुने गरेको शास्त्रविरुद्धका काम रोक्न चाल्नुपर्ने कदमका विषयमा बहस सुरु भएको छ। नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले बिहीबार यहाँ आयोजना गरेको ‘ज्योतिष तथा धर्मशास्त्र सम्बद्ध समसामयिक व्यावहारिक विषयक अन्तर्क्रिया' कार्यक्रममा बेलुकाको लग्‍न दिएका बेला बिहान र बिहानको लग्‍न दिएका बेला बेलुका विवाहलगायत कर्म हुँदा नकारात्मक फल प्राप्त हुने गरेकाले समस्या आउने गरेको जानकारी गराइएको थियो। 

National life

यस किसिमका शास्त्रीय मान्यताविपरीतका काम रोक्न कार्यक्रम आयोजना गरिएको सो अवसरमा जानकारी गराइएको थियो। दिइएको साइतमा विवाह नहुँदा सम्बन्ध विच्छेदका घटना बढेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले सुनाए। सामूहिक व्रतबन्ध, जन्मोत्सवमा केक काट्ने, विवाह र स्वयंवरमा समेत केक काट्ने गरेका घटना धर्म, संस्कृतिमा आएको विकृतिका रूपमा रहेको उनको भनाइ थियो। 

 संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले समितिले प्रकाशन गरेको राष्ट्रिय पञ्चाङ्गले धर्म, संस्कृतिलाई व्यवस्थित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले धर्म संस्कृतिका क्षेत्रमा घरघरमा विकृति फैलिएकाले त्यसको अन्त्यका लागि अभियान चलाउनुपर्नेमा जोड दिए। नीति अनुसन्धान प्रतिष्ठानका प्रबन्धक लक्ष्मण भट्टराईले कर्मकाण्डका क्षेत्रमा विकृति बढेकाले त्यसलाई रोक्न आचारसंहिता बनाइनुपर्ने बताए।

कार्यक्रममा वाल्मीकि विद्यापीठका सहप्राध्यापक माधवप्रसाद पाण्डेयले गुरु परम्पराको अन्त्य भएकाले सिक्ने र सिकाउने क्रम अन्त्य भएर धर्म संस्कृतिका क्षेत्रमा विकृति आएकाले पुनःजागरणका लागि समितिको ध्यानाकर्षण गराए। मन्त्रालयका संस्कृति शाखा प्रमुख पुण्यमाया गुरागाईंले मन्त्रालयका अरु कार्यक्रमका तुलनामा संस्कृति संरक्षणतर्फ कम काम भएको स्वीकार गर्दै यससम्बन्धी विशेष कार्यक्रम ल्याउन लागिएको जानकारी दिए।

सो अवसरमा समितिका सदस्य डा पुरुषोत्तम भट्टराई, सदस्य तनुजा दाहाल, नेपाल महिला ज्योतिष सङ्घका अध्यक्ष रतिदेवी श्रेष्ठ, समितिका पूर्वसदस्य कीर्तिमदन जोशी, हिन्दू जागरण अभियानका रामकृष्ण उपाध्याय, विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेल, समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेललगायतले धर्म, संस्कृतिका क्षेत्रमा आएका विकृति हटाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: Jul 07, 2022| 23:50 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।