धरान– धरान उपमहानगरका मेयर हर्क साम्पाङले आफू चड्ने गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन्।
मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने उनले घोषणा गरेका हुन्। साम्पाङले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका हुन्।
गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको थियो।
उनले फेसबुकमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो। आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ। जय धरान।'