सोमबार, जेठ ४, २०८३

काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ बनाउने प्रस्ताव

काठमाडौं महानगरपालिकाले ३ ठाउँमा भूमिगत पार्किङ निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ। जसमा काठमाडौंको टुँडिखेल वा रत्‍नपार्क नजिकको खुलामञ्‍च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खुला चौरमा भूमिगत पार्किङ निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढाएको हो।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले ३ ठाउँमा भूमिगत पार्किङ निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ। जसमा काठमाडौंको टुँडिखेल वा रत्‍नपार्क नजिकको खुलामञ्‍च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खुला चौरमा भूमिगत पार्किङ निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढाएको हो।

National life

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौंको पार्किङ समस्याको समाधानका लागि भूमिगत पार्किङको अवधारणा ल्याएका बताएका छन्। त्यसका लागि महानगरले डीपीआरको प्रक्रिया अगाडि बढाइसकेको पनि उनले जानकारी दिएका छन्।

काठमाडौं महानगरपालिकाका सूचना अधिकारी महेशकुमार काफ्लेले काठमाडौंको कालोपत्रे गरेको सडकमाथि भइरहेका पार्किङ कम गर्न कोर सिटीलाई फोकस गरेर टुँडिखेलमुनि वा खुलामञ्चमुनि, बानेश्वर क्षेत्रका लागि तीनकुने पार्कमुनि, ठमेल क्षेत्रका लागि समाज कल्याण परिषद्स्थित उपराष्ट्रपति भवन छेउको खाली जग्गामुनि हुनसक्ने भनेर सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए।‍

पार्किङका लागि बेसमेन्टमा  र अझै डबल बेसमेन्टमा जान सकियो भने सडक खाली हुने र ट्राफिक जाम कम गर्न सकिने मान्यताका साथ भूमिगत पार्किङको अवधरणा ल्याइएको उनले जानकारी दिए। 

उनले भने, ‘नीति पास भइसकेको छ, अब १–२ दिनमा बजेट पास भएपछि त्यसको डीपीआर गर्न कम्तिमा ४-५ महिना लाग्छ, डीपीआर रिपोर्टले साइन्टिफिकल्ली र टेक्निकल्ली यो प्रोजेक्ट तयार गर्न सकिन्छ भन्ने रिपोर्ट आयो भने मात्र अगाडि बढाउने हो।’


प्रकाशित: Jul 07, 2022| 19:19 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।